काठमाडौँ, १९ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए।
उहाँका अनुसार बैठक बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । उक्त बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।
बैठकमा सरकारमा सहभागिताको विषयमा आन्तरिक विवादबारे पनि छलफल हुने बुझिएको छ । सत्ता गठबन्धनमा कांग्रेसले पाएको ८ मन्त्रालयमा तीन मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने भन्दै शेखर कोइराला गगन थापासमूहले मन्त्रीको नाम पठाएको छैन । बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा को कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने छ ।










