चैत १९, काठमाडौं । नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी ९जसपा०का उमेदवारलाई सघाउने निर्णय गरेको छ ।
कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा– २ मा उम्मेदवार नउठाएर जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको हो ।
कांग्रेसले आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ–१ र चितवन–२ मा भने यसअघि नै उमेदवारको टुंगो लगाइसकेको छ ।










