हवाइ क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग सांसद प्रदीप पौडेलको माग



१९ चैत्र,काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरुमा गम्भिर समस्याहरु देखा परेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गरेका हुन् । सांसद पौडेलले सरकारले मुलुकको हवाई क्षेत्रको गरिमा थप गुम्न नदिने गरी उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

पछिल्लो रिर्पोटले प्रष्ट भन्छः नेपालमा हवाई दुर्घटनाका पछाडि इन्जिनले काम नगरेको जस्ता यान्त्रिक कारण भन्दा व्यवस्थापकीय पक्षमा चुक्दा बढि दुर्घटनाहरु हुन्छन । तर, सम्बन्धित निकायको नेतृत्व यस विषयमा बेखवर जस्तै छ । सभामुख महोदय, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राखेका छन् । तर हाम्रोमा यस विषयलाई किन गम्भिरतापूर्वक लिइँदैन रु’ उनले प्रश्न गरे ।

उडान नियमित नभएर यात्रुहरू अलपत्र पर्ने स्थिति बनेको छ,’ सांसद पौडेलले भने,‘हिजो मात्रै नेपाल वायु सेवा निगमको विमान दुबईबाट काठमाडौं उड्नै लाग्दा पाइलटलाई पखाला चलेपछि ५४३ यात्रु अलपत्र परे।’

हवाई सुरक्षाको विषयलाई गम्भिरपूर्वक लिन आग्रह गर्दै सांसद पौडेलले नेपाल सरकार र सम्बन्धित निकाय यस मामिलामा बेखवरजस्तै बन्नु दुखद रहेको बताए ।

प्रकाशित मिति : चैत्र १९, २०७९ आईतबार  ३ : १८ बजे