खर्च विवरण पेस नगर्ने उमेदवारको नाम सार्वजनिक, ७ दिन भित्र स्पष्टीकरण दिन निर्देशन (सूचीसहित)



काठमाडौं, ६ बैशाख । गत मंशिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारले खर्च बिवरण नबुझाए पछि निर्वाचन आयोगले ताकेता गरेको छ ।

चार महिनासम्म पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगरे पछि आयोगले उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

आज एक सूचना प्रकाशित गर्दै निर्वाचन आयोगले उम्मेदवार र संलग्न पार्टीको नाम नै उल्लेख गरेर समयसिमासहित निर्देशन दिएको हो । प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ३७ गरी ७४ जना उम्मेदवारले खर्च विवरण नबुझाएको सुचनामा उल्लेख छ ।

निर्रवाचन सम्पन्न भएको ३५ दिन भित्र बुझाउनु पर्ने खर्च विवरण के कारणाले नबुझाएको हो रु र कारबाही किन गर्न नहुने हो र?भन्दै आयोगले सोधेको स्पष्टीकरणमा उल्लेख छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस गर्न नसकेमा कारबाही प्रक्रियासमेत अघि बढाइने आयोगले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार  ९ : ०० बजे