जनताले आबेगमा नभै बिबेकले मतदान गर्नेमा बिस्वस्त छु : प्रकाशमान सिंह



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उप चुनाव मात्रै नभएर प्राप्त उपलब्धिको रक्षा गर्ने कि नगर्ने सवाल रहेको बताएका छन् । आज चितवनको चुनावी कार्यक्रममा सभागि हुँदै नेता सिंहले गठबन्धनका साझा उमेदवारको जित भनेको लोकतनत्र बादिहरुको जित हुने बताए। सिंहले जनताले आबेगमा नभै बिबेकले मतदान गर्नेमा आफू बिस्वस्त रहेको भन्दै सधै सुखदुखमा उभिने सबैको घर आगनमा सजिलै भेटिने उमेदवारका पक्षमा मतदान गर्नु भनेको राजनीतिप्रतिको सम्मानसमेत हुने उल्लेख गरे ।

नेता सिंहले गठबन्धनको साझा उमेदवार जितनायण श्रेष्ठ सबैका लागि स्विकार्य उमेदवार रहेको बताउदै चितवनको बिकास र सम्बृदिका लागि यश पटक जितनारणलाई जिताउन अपिल समेत गरे । अहिले संविधान र ब्यवस्थाप्रति समेत प्रस्न चिन्ह खडा भएकाले काम गरेर जन्तालाई चित्त झाउनु पर्ने जिम्मेवारी राजनीतिक दलहरुकै भएकाले जिम्मेवार राजनीति दलकाप्रति बिस्वास गर्न समेत आग्रह गरेका छन् ।

निरासाका बिचमा आसा जगाउदै जनजिवन सहज होस भन्ने जन चाहान पूरा गर्न सरकार लाग्नु पर्ने समेत नेता सिंहको भनाई रहेको छ ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले चर्का कुरा गर्ने हैन चितवन का जन्ताको माझमा परिचित उमेदवारलाई जिताउन आग्रह गरे । । कार्यक्रममा बोल्दै गठबन्धनका साझा उमेदवार नेपाली कांग्रेस नेता जितनारण श्रेष्ठले आफू जन्ताको सुखदुःखमा सधै रहने भन्दै भ्रष्टाचारका बिरुदमा लड्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार  ११ : ५२ बजे