राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख



काठमाडौँ, ७ वैशाख । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । उनि उपचारका लागि बुधबार देखि नयाँ दिल्लीमा छन् ।

प्रकाशित मिति : बैशाख ७, २०८० बिहीबार  ८ : ५१ बजे