लागुऔषधसहित ५ जना पक्राउ



काठमाडाैं, १५ असार । बाँके, कैलाली र झापाबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-११ बिपि चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय रज्जत खान र ३९ वर्षीय चाद राई रहेका छन् । लुम्बिनी प्रदेश ब्युरो र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट अवैध लागुऔषध ब्राउनसुगर २ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय रामलखन रानालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

झापाकाे  अर्जुनधारा नगरपालिका-११ श्रमिक टोलस्थित बाँसघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बिपिन माझी र २५ वर्षीय दिपेन तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको   हो । 

प्रकाशित मिति : असार १५, २०८० शुक्रबार  ३ : ०० बजे