कञ्चनपुरमा ३७ वर्षीय युवक मृत फेला



कञ्चनपुर, १९ असार । कञ्चनपुरमा एक वर्षीय युवक मृत फेला परेका छन् ।


बेदकोट नगरपालिका–३ बजार अनमोल होटल नजिक ३७ वर्षीय लक्ष्मण भट्ट मृत अवस्थामा फेला परेका हुन् ।


बेदकोट नगरपालिका–१ चम्फापुरका भट्ट सोमबार पानी जमेको खाल्डोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : असार १९, २०८० मंगलबार  ६ : ०६ बजे