सरकारले दियो बनेपामा फिल्म स्टुडियो बनाउन जग्गा प्रयोग गर्न स्वीकृति



काठमाडौं, २८ असार । सरकारले काभ्रेको बनेपामा फिल्म स्टुडियो बनाउन जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । 


गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि बनेपा– १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको साढे दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको हो । 


आर्थिक वर्ष २०८०/०८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश थियो ।
 

प्रकाशित मिति : असार २८, २०८० बिहीबार  ५ : ५४ बजे