काठमाडौ , २९ असार । नेपालि कांग्रेसका नेता तथा सांसद रामहरि खतिवडाले पशुचौपायमा देखिएको लम्पी स्किन रोगको कारण किसानहरु मर्कामा परेको बताएका छन् ।शुक्रबारको संसद बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘यो महामारीले कुनै एक ठाउमा मात्र छोएको छैन, देशका हरेक ठाउमा यो महामारी फैलिएको छ ।यो महामारीले धेरै गोरु मरिसकेका छन्’ उनले भने, ‘झन यतिबेला पहाडी इलाकातिरत रोपाईको चटारो परेको बेला गोरुलाइ रोग लागेर रोपाई हुन सकेको छैन ‘ ।
उनले लम्पी स्किन रोगको महामारी नियन्त्रण गर्न र किसानलाई राहत दिन सरकारसग आग्रह गरे ।
बैठकमा बोल्दै सांसद खतिवडाले ललिता निबास जग्गा पक्ररणमा साना कर्मचारीलाई मात्र नभइ ठुला माछालाई पनि कारवाहि गर्न खतिवडाले आग्रह गरे।














