सरकारले घटायो सार्वजनिक यातायातको भाडा



काठमाडौं, १ साउन । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । 

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । 


स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।

इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो । 


घटाएको भाडा दर सोमबारबाटै लागु हुने विभागले जनाएको छ । 
 

प्रकाशित मिति : श्रावण १, २०८० सोमबार  १२ : ५८ बजे