मेयर शाह र मन्त्री मोदी बीच भेटवार्ता



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सिंहदरबारस्थित कार्यकक्षमा भेटवार्ता भएको छ ।

बालेन मन्त्री मोदीलाई भेट्न सिंहदरबारस्थित कार्यकक्षमा पुगेका थिए । मेयर शाहले काठमाडौं महानगरसँग समसामयिक विषयमा छलफल गरेको मन्त्री मोदीको सचिवालयले जनाएको छ ।

पछिल्लो समयमा काठमाडौंको फोहर व्यवस्थापनमा देखिएको समस्यालगायतको विषयमा छलफल भएको बताइएको छ । मन्त्री मोदीले महानगरलाई संघीय सरकारबाट समन्वय र सहकार्य हुने उल्लेख गर्दै समस्या समाधान गर्ने बताएका थिए ।

प्रकाशित मिति : श्रावण १, २०८० सोमबार  ३ : ३७ बजे