एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई



काठमाडौ , ३ साउन । नेकपा ९एमाले०को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली गएराति कम्बोडिया हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष ओलीले संसदीय दलको कार्यवाहक नेताकोे जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वाङलाई दिएका छन् । अध्यक्ष ओली गएराति ११ः०० बजे पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, उनका स्वकीय सचिव राजेश बज्राचार्यसहित कम्बोडिया प्रस्थान गरेका थिए। उनि यही साउन ८ गते स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : श्रावण ३, २०८० बुधबार  ५ : १६ बजे