काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज (शुक्रबार) चौथो दिनपनि बस्दै छ । पार्टी केन्द्रीयकार्यालय सानेपामाबिहान ११ बजे बस्ने बैठकमा महामन्त्रीगगनकुमार थापाद्वारा केन्द्रीय कार्यालयका तर्फबाट राखिएको एजेन्डा माथिसदस्यहरूले आ–आफ्नाधारणा राख्नेकार्यक्रम छ ।
मंगलबारबाट सुरु केन्द्रीय समितिको बैठकमा बिहीबार ३५ जना सदस्यहरूले आआफ्ना धारणा राखेका छन् भने बुधबार४६ जनाबोलेका थिए । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि पार्टी पदाधिकारीहरूले आफ्ना धारणा राख्ने छन् । १ सय ५९ सदस्यकांग्रेस केन्द्रीय समितिको बैठकमा अधारणा राख्ने अधिकांस सदस्यहरूले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयगगनकुमार थापा र विश्वप्रकाशशर्माको आलोचना गरेका छन् ।
सभापति मात्र नभएर महामन्त्रीहरूले पनि पार्टीलाई विधितथाविधानअनुसार सञ्चालन गर्न, जनतामाआशा र भरोसा जगाउने गरी नीतितथाकार्यक्रमबनाउनअसफलभएको आरोप लगाएका छन् ।पार्टी नेताहरू संगठन परिचालनमाभन्दाआत्मकेन्द्रीतभएर अघि बढेको सदस्यहरूले गुनासो गरेका छन् ।
मंगलबारबाट सुरु भएको बैठकमा महामन्त्रीथापाले २०८० को साउनदेखि २०८१ को असार मसान्तसम्मएक वर्ष गर्ने गतिविधि समेटिएको वार्षिक क्यालेन्डरसहितकाएजेन्डाहरू पेस गरेका छन् । जारी बैठकबाट पार्टी संगठन परिचालनकालागिकांग्रेसले विभिन्नअभियान तय गर्नेछ ।














