कांग्रेस नेता जीतजंग भन्छन् : गृहमन्त्रीको राजीनामा माग्न जाऔं



काठमाडौं , ५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले गृहमन्त्रीको राजीनामा माग्न जाऔं भनेका छन् ।केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा बस्नेतले सुन प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री श्रेष्ठ, माओवादी नेता कृष्णबहादुर महराको नाम आएको बताए ।

पछिल्लो सुनकाण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत नाम मुछेका छन् ।नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका नेताहरु गृहमन्त्री श्रेष्ठलाई बधाई दिन गएको सन्दर्भ निकाल्दै उनले भने, ‘केही साथीहरु गृहमन्त्रीकहाँ गएका थिए । आज जाऔं न, गृहमन्त्रीको नाम आएको छ । म पनि जान्छु । उनको राजीनामा माग्न जाऔं ।’

तरुण दलका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले थपे, ‘हाम्रा साथीहरु अब गृहमन्त्रीकहाँ जाने कि नजाने रु’
पार्टीभित्र सभापति र आफ्नै नेताहरुलाई खुइल्याएर आफू ठूलो हुने प्रवृत्ति रहेको उनले बताए ।
सरकारको प्रभावकारिता शून्य रहेकाले यो सरकारमा सहभागी भएर जाने कि नजाने सोच्नुपर्ने बेला आएको पनि उनले बताए ।

प्रकाशित मिति : श्रावण ५, २०८० शुक्रबार  २ : ५० बजे