संघर्षमय जीवनले नै वीपी कोइरालालाई अमर बनायो : मन्त्री किराँती



काठमाडौं ।संस्कृति,पर्यटन तथा नागरिक उड्डन मन्त्री सुदन किराँतीले वीपी कोइरालालाई संघर्षमय जीवनले नै अमर बनाएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित वीपी कोइराला राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दैै किराँतीले सुःखमय जीवन विताउनेहरुलाई नचिनिने भन्दै संघर्षमय जीवनले वीपीलाई अमर बनाएको बताएका हुन् ।

उनले भने,‘संघर्ष गर्ने कि सुःखमय जीवन विताउँने ?सुःखमय जीवन विताउनेहरु त्यहाँ पनि थिए तर तिनीहरु चिनिदैन् । संघर्षमय जीवनले नै वीपीलाई अमर बनाएको छ ।’मन्त्री किराँतीले वीपीको योगदान अतुलनीय भएको भन्दै भने,‘वीपी कोईरालाले गरेको योगदान आज हामी तुलना गर्न सक्दैनौं । उहाँले प्रजातन्त्र भनेको त साधन मात्र हो । नेपाली समाजलाई परिवर्तन गर्ने साधन हाम्रो लक्ष त समाजवाद हो । कति स्पष्ट कुरा गर्नुभएको छ ।’

मन्त्री किराँतीले आफूहरुले नेपाली माटो माथि आधारित राजनीतिक विचार धारणा निर्माण गर्न नसक्दा वीपीलाई सम्झने गरेको बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ७ : १५ बजे