काठमाडौ , ७ साउन । नेपाली कांग्रेसका पुर्वमहामन्त्रि डा. सशाङ्क कोइरालाले सत्तामा जाने मात्र होइन लक्ष्य तय गरेर काम गर्नु पर्ने बताएका छन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारि बैठक बोल्दै कोइरालाले पार्टिले बनाएका नियम कानुनलाई कार्यन्वयन गर्नूपर्ने बताए ।
कोइरालाले गुट उपगुट भनेको पार्टिको अधिवेशन सम्म मात्र रहने र त्यस पछि सबै एक जुट भएर नेपाली कांग्रेसलाई सुदृढिकरण गर्नुपर्ने बताए।
बैठक बोल्दै उनले भने, “नेपाली कांग्रेसले हरेक ठाउँमा महिलालाई स्थान दिनु पर्छ, महिलाको शक्ति हामिले बुज्न सकेका छैनौ, त्यसैले हामीले महिलाको शक्ति बुज्न जरुरी छ । यि सबै समस्यालाइ समाधान गर्दै पाटिभित्रका नराम्रा गतिविधिलाई सुधार्दै जाने हो भने नेपाली कांग्रेस बन्छ । “