प्रधानमन्त्री नै भएपनि चलचित्र क्षेत्र छोड्दिन : नायीका रेखा थापा



काठमाडौं । अभिनेत्री रेखा थापाले प्रधानमन्त्री नै भएपनि, चलचित्र क्षेत्र नछोड्ने बताएकी छिन् । आईतबार अभिनेत्री थापाको फिल्म ’उपहार’ द जर्नी अफ लाइफको छायाँकनका लागि वरिष्ठ छाँयाकार विष्णु कल्पितलाई अनुबन्धित गरेपछि उनले कोरोनाका कारणले केही अलमल जस्तो देखिएपनि, चलचित्र क्षेत्रले आफूलाई जीवन्त बनाएको र परिचय दिएको भन्दै यही क्षेत्रमै जीवन अर्पण गर्ने बताइन् ।

अनि राजनीति ? भन्ने प्रश्नमा उनले भनिन् ‘ राजनीति त सेवा हो । देश बुझ्ने माध्यम हो । यो सबैले कुनै न कुनै रुपमा गरिरहेकै हुन्छ नी । तर प्रधानमन्त्री नै भएँ भने पनि म फिल्म लाइन छोड्दीन् ।’छायाँकनमा किन विष्णु कल्पित ? उनले भनिन् ‘ रेखा फिल्मस्को व्यानरमै बनेको हिफाजत बाटै उहाँ छायाँकारको रुपमा स्थापित हुनु भएको हो । उहाँ सिनेमाटोग्राफिमा धेरै राम्रो ज्ञान भएको व्यक्ती हो । उहाँमा जति ज्ञान कमैमा होला उहाँ परेर, पढेर र गरेर अन्र्तराष्ट्रिय पहिचान बनाउन सफल व्यक्ति हो । उहाँले फिल्म र कलाकारको समेत मुड बुझेर छायाकंन गर्नु हुन्छ र हाम्रो व्यक्तिगत सम्बन्ध पनि दाजु बहिनीको जस्तो छ ।’

ज्ञानेद्र देउजाको निर्देशनमा तयार हुन लागेको चलचित्र आगामी भदौ ७ गतेदेखि छायाकंनमा जादैँ छ । निर्देशक देउजाले, पनि छायाँकार कल्पितसंग रेखा फिल्मस् र एउटा निर्देशकको रुपमा राम्रो क्यामेष्ट्रि मिलेको बताए । उनले भने ‘हिफाजतबाटै हाम्रो सहकार्य फापेको छ । ट्यूनिङ र क्यामेष्ट्रि मिलेको छ । त्यतिमात्रै होइन् विष्णु जस्तो अन्तराष्ट्रिय स्तरको छायाँकार नेपालमा सायदै होलान् । अर्को कुरा मैले देखेको विष्णुमा निर्देशकीय गुण समेत छ जसका कारण काम गर्न सहज हुन्छ । ’

चलचित्रमा, रेखासहित पुजा शर्मा, मुकुन भुसाललगायतका कलाकारको अभिनय रहने निर्देशक देउजाले जानकारी दिए । रेखा फिल्म्स र कपनगढी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र सामाजिक कथामा आधारित हुने बताइएको छ । यो चलचित्रको कथा सुलक्षण भारतीले लेखेका हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : ४८ बजे