तातोपानी नाका आजबाट खुल्ने



काठमाडौं । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजबाट खुल्ने भएको छ ।

चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुल्ने भएको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो ।

२०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

प्रकाशित मिति : भाद्र १५, २०८० शुक्रबार  ९ : ३३ बजे