अफगानिस्तानमा गएको भूकम्पमा परी १२० जनाको मृत्यु



काठमाडौ,२१ असोज । पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी १२० जनाको ज्यान गएको छ ।६.३ म्याग्निच्युडको भूकम्प स्थानीय समय अनुसार बिहान ११ बजे पश्चिमी सहर हेरात बाट ४० किलोमिटर टाढा गएको थियो ।भूकम्पमा परी १ हजार घाइते भएका छन भने कम्तिमा १२० जनाको मृत्यु भएको आँकलन गरिएको छ ।


धेरै भवनहरू क्षतिग्रस्त भएका छन्, मानिसहरूलाई भग्नावशेषमा फसेका छन् । त्यहाँ तीनवटा शक्तिशाली आफ्टर शक्सहरू महशुश गरिएको थियो ।अफिसका भवनहरू पहिले हल्लिए र त्यसपछि तिनीहरूको वरिपरि ढलेका थिए ।सो भुकम्पले पुर्याएको क्षतिका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : आश्विन २१, २०८० आईतबार  ९ : ३३ बजे