काठमाडौं । वरिष्ठ संस्कृतिविद् कवि तुलसी दिवसले संगीतको कुने भौगोलिक सिमा नहुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कन्हैया—अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८० वितरण कार्यक्रमलाई सम्बोधन गर्दै, उनले सङ्गीतमा भाषाको सिमा र भूगोल भएतापनि सङ्गीतको सिमा नहुँने भन्दै नेपालमा सिर्जना भएपनि सिमाभित्र बन्दी भएर कुनै नेपाली सङ्गीत नबस्ने बताए ।
उनले भने, ‘संसार नै भरी नेपाली संस्कृति संगीत पुगेकै छ । सङ्गीत आफैँ हिडेर पुग्दैन् । सङ्गीतलाई लिएर जाने मानिसले पु¥याउँछ । त्यसैले मानीस महत्वपूर्ण कुरा यो । सङ्गीत भन्दा सङ्गीतकार नै ठूलो हो । सङ्गीतमा भाषाको सिमा हुन्छ । भूगोल हुन्छ तर सङ्गीतको सिमा हुँदैन् । नेपालमा सिर्जित भएको सङ्गीत भएपनि नेपालको सिमाभित्र बन्दी भएर कुनै नेपाली सङ्गीत बस्दैन् ।’
नेपालको लोक सङ्गीतलाई ,नेपाली परम्परालाई र साहित्यलाई नेपालीत्वको अभिन्न अङ्ग स्विकार गरेर संसारैभरी प्रचार र प्रसार गर्ने कामलाई आफ्नो जीवनको सबैभन्दा ठूलो कार्य ठानेको उनको भनाई छ ।
उनले भने,‘सायद मानीसले आफ्नो खुबि र प्रतिभालाई प्रर्दशित गर्नका निम्ति उपयुक्क्त ठाउँ पाउनुपर्छ । तर नपाउँदा पनि उसले आफ्नो प्रतिभालाई खुम्च्याएर बस्न हुँदैन ।बाहिर बाटै पनि गर्न सक्नेले गर्छन भन्ने कुरामा पूर्ण विश्वस्त छु । नेपाललाई नेपालको लोक सङ्गीतलाई ,नेपाली परम्परालाई र साहित्यलाई नेपालीत्वको अभिन्न अङ्ग स्विकार गरेर संसाररैभरी प्रचार र प्रसार गर्ने कामलाई मैले जीवनको सबैभन्दा ठूलो कार्य ठाने ।’