दुर्घटनापछि अमेरिकी सेनाले ओस्प्रे विमानको सम्पूर्ण फ्लीटलाई ग्राउन्डेड गर्दै



काठमाडौं । अमेरिकी सेनाले बुधबार आफ्नो भी- २२ ओस्प्रे विमानको सम्पूर्ण फ्लीटलाई ग्राउन्डिङ गरिरहेको छ । वायुसेनाको सो विमान जापानको तटमा दुर्घटनाग्रस्त हुँदा त्यसमा रहेका आठ अमेरिकी सेनाको मृत्यु भएको एक हप्तापछि अमेरिकाले फ्लीटलाई ग्राउन्डिङ गर्न लागेको हो ।

युएस एयर फोर्स स्पेशल अपरेशन कमाण्डले विज्ञप्ति जारी गर्दै यसका कमाण्डर टोनी बाउर्नफेन्डले नोभेम्बर २९ को तटमा सी भी(२२ ओस्प्रेको दुर्घटना बारे अनुसन्धान जारी रहँदा जोखिम न्यूनीकरण गर्नू स्ट्यान्ड डाउनको निर्देशन दिइएको जनाएको छ ।

गत हप्ता सो विमानमा सवार आठ जना चालक दलका सदस्यहरू दक्षिणी जापानको याकुशिमा टापुमा मारिएका थिए । मारिने ती सबै एएफएसओसीका सैनिक थिए।

विज्ञप्तिमा भनिएको छ, प्रारम्भिक अनुसन्धानले सम्भावित उपलब्ध सामग्रीको विफलताले दुर्घटना निम्तिएको जनाएको छ ।तर यस बारे वास्तविक कारण अझै पत्ता लागेको छैन।

प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार  ३ : २७ बजे