कोप २९ अजरबैजानमा गर्ने प्रश्ताव स्वीकृत



मंसिर २६,काठमाडौं । कोप २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप २९ अजरबैजानमा गर्ने प्रश्ताव स्वीकृत गरेका छन् ।

अजरबैजानमा आयोजना गर्ने प्रश्तावलाई उनले स्वीकृति भएको घोषणा गरे । दक्षिण काकेसस राष्ट्रले अन्य पूर्वी युरोपेली देशहरूको समर्थन जितेर अजरबैजानमा गर्ने स्वीकृति पाएको हो ।

कोप २८ जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनका पक्षहरूको सम्मेलनको २८ औं बैठक, मंगलवाबाट सम्पन्न हुँदैछ ।

प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार  २ : ०४ बजे