युद्धले गाजामा चिडियाखानाका जनावरहरू पनि त्रसित



पौष ६, काठमाडौं । जारी इजरायल–हमास द्वन्द्वले गाजा पट्टीमा चिडियाखानाका जनावरहरू पनि प्रभावित भएका छन् । गाजाको दक्षिणमा रहेको रफाह शहरमा चिडियाखानालाई इजरायली हवाई आक्रमणले क्षति भएको बताइएको छ ।

इजरायली सेनाले चिडियाखानको नजिकै गरेको आक्रमणका कारण जनावरहरु त्रस्त रहेको चिडियाखानाका एक व्यक्तिले बताए । आक्रमणको डरले एउटा चिम्पान्जी अड्किएको र अरु पनि त्रस्त अवस्थामा पाएको उनको भनाइ छ ।

अक्टोबर ७ देखि गाजामा आक्रमण जारी छ ।

प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार  ३ : १२ बजे