मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यमनका हूथी विद्रोहीविरुद्ध अमेरिका र बेलायतद्धारा लगातार हवाई आक्रमण



काठमाडौं । यमनका हुथी विद्रोहीलाई लक्षित गर्दै अमेरिका र बेलायतले फेरि हवाई हमला गरेका छन् । लाल सागरमा हुथीहरूको बढ्दो आक्रमणको जवाफमा, ब्रिटिश र अमेरिकी सेनाले बिहीबारबाट आक्रमण सुरु गरेका हुन् ।

शुक्रबार राति फेरि दुवै देशका सेनाले यमनमा बमबारी गरेका छन् । अमेरिकी सेनाले यमनमा हुथीहरूलाई लक्षित गर्न धेरै खतरनाक हतियारहरू प्रयोग गरेको बताइएको छ । यसमा टमाहक मिसाइल, जेट र रिपर ड्रोन पनि समावेश गरिएका छन् ।

अमेरिकी अधिकारीहरूले शुक्रबार यमनका विभिन्न स्थानहरूमा हुथीहरूको रेड सी जहाजमा आक्रमण गर्ने क्षमतालाई कम गर्नका लागि आक्रमण सुरु गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

यी आक्रमणहरू लडाकू विमान र टोमाहक मिसाइलहरूद्वारा गरिएका थिए। जसमा हुथी पोष्टलाई निशाना बनाइएको थियो ।

मध्यरातको अँध्यारोमा, अमेरिकी सेनाले आरएएफ टाइफुन्स र यूएस एफ -३५ लाइटनिङ स्टेल्थ जेटहरूसँग मिलेर हुथी स्थानहरूमा आक्रमण गरेका हुन् । अमेरिकी युद्धपोतले घातक १ हजार पाउण्ड मिसाइल प्रहार गरेको जनाइएको छ । टोमाहक मिसाइलहरू यमनको राजधानी साना र हुथीको रेड सी बन्दरगाह धमार र सादाको गढ रहेको होडेडाहमा आक्रमण गर्न प्रयोग गरिएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १२ : १५ बजे