मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इराकमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण, थुप्रै अमेरिकी सैनिक र कर्मचारी घाइते



काठमाडौं । इरान समर्थित आतंककारी समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा रकेट र ब्यालेस्टिक मिसाइलले आक्रमण गरेका छन् । आक्रमणबाट धेरै अमेरिकी सैनिक घाइते भएको जनाइएको छ । अमेरिकी सेनाले धेरै सैनिकलाई गम्भीर चोटपटक लागेको र अनुसन्धान भइरहेको जनाएको छ ।

‘शनिबार पश्चिमी इराकको अल–असद एयरबेसमा धेरै ब्यालेस्टिक मिसाइल र रकेटहरू प्रहार गरिएको थियो,’ अमेरिकी केन्द्रीय कमाण्डले ट्विटरमा एक पोस्टमा भनेको छ ।वायु रक्षा प्रणालीले हावामा रहेका अधिकांश क्षेप्यास्त्रहरूलाई रोकेर नष्ट ग¥यो । तर, केही मिसाइलहरू एयरबेसमा खसेका थिए । अहिले क्षतिको विवरण संकलन भइरहेको छ । धेरै अमेरिकी कर्मचारीको टाउकोमा गम्भीर चोट लागेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १० : ०० बजे