मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमेडी च्याम्पियनको तेस्रो संस्करण फागुन ३ बाट



काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को तेस्रो संस्करण आगामी फागुन ३ गतेदेखि दर्शकमाझ आउने भएको छ । शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने छ । प्रसारणका लागि टेलिभिजन र उत्पादक एड रिलिजबीच बुधबार राजधानीमा सम्झौता भएको छ ।

थ्री प्रोडक्सनको प्रस्तुति रहने यो संस्करणमा यसपटक टेलिभिजनबाट ३३ भाग प्रसारण हुने निर्देशक विशाल भण्डारीले बताए । ‘यसपटक अघिल्ला दुई संस्करणमा भन्दा उत्कृष्ट प्रतिष्पर्धीहरु छन् । हामीले सोचेको भन्दा राम्रा प्रतियोगीहरु पाएका छौं,’ उनले भने, ‘हामीलाई राजनीतिक व्यंग्य गर्ने थलोका रुपमा धेरैले लिएको बुझेको छु । अघिल्ला दुई संस्करणमा बढी राजनीति केन्द्रीत भयो भन्ने आरोप पनि लागेको थियो ।

त्यसकारण यसपटक राजनीतिक विषयवस्तु भन्दा पनि प्रतिष्पर्धीको शैलीलाई प्राथमिकता दिएको उनले बताए ।कान्तिपुर टेलिभिजनका सीइओ शिशिर पछाईले आफूहरुले दुई वर्षदेखि ‘कमेडी च्याम्पियन’का लागि गरिरहेको मिहिनेतलाई दर्शकले साथ दिनेमा ढुक्क रहेको बताए ।शोको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ । खल्ती एपले भोटिङमा सहकार्य गरेको छ । शोमा प्रदीप भट्टराई, सन्तोष पन्त, ऋचा शर्मा र मनोज गजुरेल निर्णायक छन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : ३५ बजे