मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘गोर्खा वारियर’ को प्रिमियर धरान र पोखरामा,मोफसलमा चलचित्र गतिविधि बढ्दै



काठमाडौँ, २४ माघ । चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यकामा केन्द्रित छ । चलचित्र प्रदर्शन अगाडि भने पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा चलचित्रकर्मी पुग्ने गरेका छन् । प्रथम प्रदर्शनी (प्रिमियर), घोषणालगायत कार्यक्रम काठमाडौँमा केन्द्रित भइरहँदा मोफसलमा बजार बढाउन बेलाबखतमा प्रयास हुने गरेका छन् ।

काठमाडौँसँगै उपत्यका बाहिर चलचित्रसम्बन्धी गतिविधि बढाउनसके त्यसको प्रभाव व्यापारमा पर्ने चलचित्र निर्देशक मिलन चाम्सले बताए । सोही कारण उनले चलचित्र ‘गोर्खा वारियर’ को प्रथम प्रदर्शनी (प्रिमियर) मोफसलपछि काठमाडौँमा गर्दै छन् । 

“हामीले एक साता लामो मोफसल भ्रमण गरिरहेका छौँ । त्यो सकिएलगत्तै धरान र पोखरामा प्रिमियर गर्दैछौँ । उपत्यकाभन्दा बढी चलचित्र भवन बाहिर छन् । यद्यपि हामीले त्यहाँ दर्शक तान्न सकेका छैनौँ”, निर्देशक चाम्सले भने । उनले धरानमा आगामी फागुन ५ गते, पोखरामा ७ गते चलचित्रको प्रदर्शनी गरेपछि मात्र काठमाडौँमा फागुन ९ गते गरिने जानकारी दिए । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ७ : ५३ बजे