मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

’रूखान’ मा अनुबन्धित भइन् नीति शाह



काठमाडौं । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुखान’मा अभिनेत्री नीति शाह अनुबन्धित भएकी छन् । चार भाषामा निर्माण हुन लागेको फिल्मका लागि निर्माण पक्ष र नीतिबीच कागजी सम्झौता भएको हो । फिल्ममा नीति विद्रोही महिलाको भूमिकामा देखिनेछिन् ।

फिलम नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा निर्माण हुनेछ । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रुपक घिमिरेको कथा छ । फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।

यो फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।निर्देशक सबिरले फिल्मले सिंगो देशका नागरिकहरुले समस्याबाट जुध्दै गर्ने संघर्षलाई देखाउने बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ४ : ५६ बजे