मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा १९ अप्रिलदेखि लोकसभा निर्वाचन, ५ सय ४३ सिटका लागि सात चरणमा मतदान



काठमाडौं । भारतमा आउँदोे अप्रिल १९ तारिखदेखि लोकसभाको निर्वाचन हुने भएको छ ।भारतको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले लोकसभाको निर्वाचन मिति घोषणा गरेका हुन् ।

आयुक्त राजीव कुमारका अनुसार निर्वाचन सात चरणमा हुनेछ । ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । पहिलो चरणको मतदान अप्रिल १९ र अन्तिम चरणको मतदान जुन १ मा हुनेछ ।
नतिजा जुन ४ मा सार्वजनिक हुने छ । भोटिङदेखि नतिजा आउन ४६ दिन लाग्नेछ । लोकसभासँगै ४ राज्य आन्ध्र प्रदेश, ओडिशा, अरुणाचल प्रदेश र सिक्किमको विधानसभा चुनावको मिति पनि सार्वजनिक भएको गरिएको छ ।

भारतको आउँदो चुनावमा ९७ करोड मतदाताले मतदान गर्ने छन् । १० लाख ५० हजार मतदान केन्द्र हुनेछन् । यसैगरी यसपटक ५५ लाख ईभीएम प्रयोग हुनेछन् ।प्रमुख निर्वाचन आयुक्तले हिमालयदेखि समुन्द्र र मरुभूमिदेखि वर्षा उत्तरपूर्वीसम्मका बुथमा समान सुविधा हुने बताए । ८५ वर्षभन्दा माथिका सबै मतदाता वा अपाङ्गता भएका मतदातालाई घरमै बसेर मतदान गर्नका लागि फारम पठाइनेछ । जब तिनीहरू बुथमा आउँछन्, आयोग स्वयंसेवकहरूले तिनीहरूलाई सहयोग गर्नेछन् ।

निर्वाचनमा वुथमा पर्चा पमप्लेटहरु प्रयोग गर्न पाइने छैन् । मतदातालाई उम्मेदवारको बारेमा एपमार्फत जानकारी गराइने छ । यसैगरी चुनावी काममा करार कर्मचारी वा स्वयंसेवक खटाइने छैन ।
लोकसभाको निर्वाचनमार्फत वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी नै फेरि सत्तामा आउने प्रयासमा छन् भने कांग्रेस आइ लगायतले अहिलेसम्म प्रधानमन्त्रीको रुपमा कसैलाई पनि अघि सारेका छैनन् ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : १२ बजे