मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइपीएलमा कोलकाताको रोमाञ्चक जीत



काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा कोलकाता नाइट राइडर्सले ४ रनको रोमाञ्चक जीत निकालेको छ । शनिबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ४ रनले पराजित गरेको हो । कोलकाताले पहिला ब्याटिङ गर्दा निर्धारित ओभरमा २०८ रन बन ाएको थियो । जवाफमा हैदरावादले ७ विकेट गुमाएर २०४ रनमात्रै बनाउन सक्यो ।

२०९ रनको लक्ष्य पछ्याएको हैदरावादले बलियो सुरुवात गरेको थियो । मयंक अग्रवाल र अभिषेक शर्माबीच पहिलो विकेटका लागि ६० रनको साझेदारी भएको थियो । छैटौं ओभरको तेस्रो बलमा अग्रवाललाई हर्षित रानाले क्याच आउट गरेका थिए । उनले २१ बलमा चार चौका र एक छक्काको मद्दतले ३२ रन बनाउन सफल भए । अभिषेक शर्माले ३२ रन बनाए ।

रसेलले उनलाई आफ्नो शिकार बनाए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका राहुल त्रिपाठी र एडेन मार्करामबीच तेस्रो विकेटका लागि ३६ रनको साझेदारी भयो। मार्कराम १८ रन बनाएर पभेलियन फर्किए । राहुलले २० रनको योगदान गरे ।

१५ ओभरपछि हैदरावादको स्कोर चार विकेटमा १२८ रन थियो । त्यतिबेला क्लासेन १८ रन बनाएर र अब्दुल समद २ रन बनाएर क्रिजमा थिए । १७ औं ओभरमा समदले बाउन्ड्रीको चक्करमा विकेट गुमाए । उनले १५ रन बनाउन सके ।

१७ ओभरपछि पाँच विकेटमा १४९ रन थियो । त्यसपछि शाहबाज अहमद ब्याटिङमा आए । हैदरावादलाई जितका लागि अन्तिम तीन ओभरमा ६० रन आवश्यक थियो । क्लासेन–शाहबाजले १८ औं ओभरमा गियर परिवर्तन गरे र यो ओभरमा २१ रन जोडे । यो ओभर वरुण चक्रवर्तीले गरेका थिए । यसपछि १९ औं ओभरमा मिचेल स्टार्क बलिङ गर्न आए र उनको ओभरमा क्लासेन–शाहबाजले २६ रन बनाए । क्लासेनले पनि २५ बलमा अर्धशतक पूरा गरे । अन्तिम ओभरमा १३ रन आवश्यक थियो र २२ वर्षीय हर्षित राना बलिङ गर्न आए ।

क्लासेनले २० औं ओभरको पहिलो बलमा छक्का प्रहार गरे । दोस्रो बलमा क्लासेनले रन लिए । तेस्रो बलमा हर्षितले शाहबाज (१६)लाई श्रेयस अय्यरमार्फत क्याच आउट गराए । नयाँ ब्याट्सम्यान यान्सेनले चौथो बलमा एक रन लिए । पाँचौं बलमा हर्षितले क्लासेनलाई सुयशको हातबाट क्याच आउट गराउँदै पभेलियन पठाए । क्लासेनले २९ बलमा ८ छक्का प्रहार गर्दै ६३ रनको इनिङ खेलेर फर्किएका थिए । अन्तिम बलमा पाँच रन आवश्यक थियो र कमिन्स स्ट्राइकमा थिए । तर, स्लोअर वनमा कमिन्सको सट चुक्यो र कोलकाता चार रनले विजयी भयो ।

हर्षित रानाले तीन तथा आन्द्रे रसेलले दुई विकेट लिए । वरुण चक्रवर्ती र सुनिल नारायणले एक–एक विकेट हात पारे ।टस हारेर पहिले ब्याटिङमा आएको कोलकाता केकेआरले २० ओभरमा सात विकेट गुमाएर २०८ रन बनाएको थियो । फिलिप साल्ट, रमनदीप सिंह, रिंकु सिंह र आन्द्रे रसेलको महत्वपूर्ण योगदान थियो । यी चार ब्याट्सम्यान बाहेक केकेआरका कुनै पनि खेलाडी लामो समय विकेटमा टिक्न सकेनन् ।

टोलीलाई पहिलो झटका सुनिल नारायण मात्रै दुई रन बनाएर आउट भए । त्यसपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका वेंकटेश अय्यरले पनि खास केही गर्न सकेनन् । उनी टी नटराजनको बलिङमा जोन्सनको हातबाट आउट भए । उनी चौथो ओभरको तेस्रो बलमा ७ रन बनाएर पभेलियन फर्किएका थिए । कप्तान श्रेयस अय्यर खाता नखोल्दै तेस्रो विकेटको रुपमा आउट भए ।

३२ रनको स्कोरमा केकेआरले तीन विकेट गुमाएको थियो । यो क्रम यहीँ रोकिएन, केकेआरलाई चौथो झटका मयङ्क मार्कण्डेयले नितिश रानाको रूपमा दिए । उनी ९ रन मात्र बनाउन सके । कोलकाताले ५१ रनको स्कोरमा चार विकेट गुमाएको थियो । टोलीलाई राम्रो साझेदारी आवश्यक थियो।

यस्तो अवस्थामा फिलिप साल्ट र रमनदीप सिंहबीच पाँचौं विकेटका लागि ५४ रनको साझेदारी भयो । यो साझेदारी प्याट कमिन्सले तोडेका थिए । उनले १३ औं ओभरको पहिलो बलमा रमनदीपलाई मार्कण्डेयले क्याच आउट गरेका थिए । २६ वर्षीय ब्याट्सम्यानले ३५ रन बनाए भने फिल साल्टले तीन चौका र तीन छक्काको मद्दतले ५४ रन बनाउन सफल भए ।

आठौं नम्बरमा ब्याटिङ गर्न आएका आन्द्रे रसेलको तूफानी पारिमा कोलकाता नाइट राइडर्सले अन्तिम ५ ओभरमा एक विकेट गुमाएर ८५ रन बनाएको थियो । रसेल र रिंकु सिंहबीच सातौं विकेटका लागि ८१ रनको साझेदारी भयो । वेस्ट इन्डिजका स्टार अलराउन्डरले २५ बलमा ६४ रनको शानदार इनिङ खेले ।

नटआउट पारीमा उनको ब्याटबाट तीन चौका र सात छक्का निस्केका थिए । भने रिंकु सिंहले तीन चौकाको मद्दतले २३ रन बनाउन सफल भए । टी नटराजनले उनलाई आफ्नो शिकार बनाए । नवौं नम्बरमा ब्याटिङ गर्न आएका स्टार्क ६ रन बनाएर नटआउट रहे । टी नटराजनले तीन विकेट लिए भने मयंक मार्केन्डेले दुई विकेट लिए । प्याट कमिन्सले पनि एक विकेट लिएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १० : ०८ बजे