मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बेइजिङ फिल्म फेस्टिभलमा छानियो



काठमाडौं । निर्देशक नवीन सुब्बाले निर्देशन गरेको फिल्म ‘गाउँ आएको बाटो’ चीनको १२ औं ‘बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल’ मा पर्नेगरी छानिएको छ ।
यो ‘गाउँ आएको बाटो’ केही समयअघि ‘टोरोन्टो इन्टरनेश्नल फिल्म फेस्टिभल’ बाट विश्व प्रिमियर गरिएको थियो ।

फिल्म स्वीडेनमा भएको ४७ औं ‘गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सव–२०२४’ पनि छनोट भएको थियो । फिल्मको ‘वुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा र मुम्बईको मामीमा साउथ एशियन प्रिमियर भइसकेको छ ।

फिल्मले राई जातिको सामाजिक पृष्ठभूमिमा गाउँमा सडक पुगेपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई देखाएको छ । सामुदायिक लगानीको अवधारणामा निर्माण भएको फिल्ममा देशभित्र र विश्वका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सामुहिक लगानी छ ।

छोमोलोङमा प्रोडक्सन र गाउँघर फिल्म प्रोडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आगामी जेठ १८ गते नेपालमा रिलिज हुँदैछ । फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बालगायतका कलाकारको अभिनय छ ।

नेपालमा बाँसुरी फिल्म्सले रिलिजको संयोजन गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १ : २२ बजे