मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाले इजरायललाई अर्बौं डलरको बम दिने, लडाकुसमेत पठाउने



काठमाडौं– अमेरिकाले इजरायललाई अर्बौं डलरको बम र लडाकु निर्यात गर्न (डिफेन्स एक्सपोर्ट क्लियरेन्स) स्वीकृति दिएको छ ।

दक्षिण गाजामा जारी इजरायलको आक्रमणको चौतर्फी आलोचना र संयुक्त राष्ट्रसंघले समेत युद्धविरामको पक्षमा मतदान गरिसकेको अवस्थामा जो बाइडेन प्रशासनले इजरायललाई बम र लडाकु अमेरिकाबाट निर्यात गर्न स्वीकृति दिएको हो । यो सहमतिलाई भने गोप्य राखिएको वासिङ्गटन पोस्टले जनाएको छ ।

यसलाई इजरायलको रक्षा रणनीतिको लागि अमेरिकाको अटुट समर्थनको रुपमा ब्याख्या पनि गरिएको छ ।

डिफेन्स एक्सपोर्ट क्लियरेन्समा समावेश गरिएका हतियारहरूमा १ हजार ८०० एमके ८४, बम र ५०० एमके ८२ बम रहेको अमेरिकी रक्षा विभाग, पेन्टागन र विदेश विभागका अधिकारीहरूले पनि यसको पुष्टि गरेका छन् ।

राष्ट्रसंघमा यसअघि लगातार भिटो प्रयोग गर्दै आएको अमेरिकाले पछिल्लो मतदानमा भिटोको प्रयोग नगरेपछि इजरायल अमेरिकासँग रिसाएको रुपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका थिए । तर, अहिले बाइडेन प्रशासनले दिएको हतियार निर्यातको स्वीकृतिलाई सम्बन्ध सुधारको रुपमा हेरिएको छ ।

इजरायल प्यालेस्टाइन युद्ध अक्टोरबाट सुरु भएको थियो । यसबीचमा झण्डै ३३ हजार नागरिकको मृत्यु भइसकेको छ भने लाखौं मानिस युद्धको चपेटामा परेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ९ : ५४ बजे