मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा एकैदिन ‘डिग्री माइला’



काठमाडौं । यही चैत ३० गतेबाट नेपालमा रिलिज हुने फिल्म ‘डिग्री माइला’ सोही दिन अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज हुने भएको छ ।

निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै फिल्म सोही मितिमा रिलिज हुने जानकारी दिएको हो ।
फिल्मलाई दुई देशसहित अन्य देशमा सेभेन सिज इन्टरटेनमेन्टले रिलिज गर्दैछ ।

सेभेन सिजका अनुसार फिल्म अष्ट्रेलियाका प्रमुख शहरहरु सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ ।
फिल्म अमेरिकाका ४० बढी शहरमा ४ सय बढी शोमा ‘डिग्री माइला’ रिलिज हुँदैछ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमूख भूमिका रहेको छ ।
बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत मञ्चन भइसकेको छ । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् र सुस्मा फिल्मससँग मिलेर निर्माण गरेको फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ निर्माता छन् ।

फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको पाश्र्व संगीत, शिवराम श्रेष्ठ तथा राइली एस शिनको छायांकन छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  २ : १३ बजे