मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आरभको एकल चित्रकला प्रदर्शन



काठमाडौँ, २५ चैत युकेजीमा पढ्ने छ वर्षीय आरभ बन्धुले भर्खरै अक्षर चिन्दैँ हुनुहुन्छ । अक्षरभन्दा बढी उहाँ चित्रका रेखा स्पष्ट र कलात्मक ढङ्गले उर्तान सिपाली हुनुहुन्छ । हुने विरुवाको चिल्लो पात भने जस्तै, अहिलेदेखि नै आरभको चित्रकलामा भविष्य उज्ज्वल देखिन्छ ।

आज नयाँ बानेश्वरस्थित एनबी सेन्टरको पहिलो तल्लामा उनको एकल चित्र प्रदर्शन भएको छ । घुमेर दृश्य अवलोकन गरी पेन्सिलले कोरिहाल्ने उहाँको स्वभावको परिणाम स्वरुप सानै उमेरमा एकल चित्रकला प्रदर्शन गर्न सम्भव भएको उनका बुवा भरतबन्दु थापाले बताए ।

भक्तपुर बस्ने आरभका अनुसार १५ दिनमा २५ वटा स्केच कोर्नुभएको छ । पशुपति तथा जानकी मन्दिर, जात्रा, शिव लिङ्गलगायत प्राकृतिक दृश्य उनले चित्रमा उतार्ने गछन । आरभको कला नियाल्न बालबालिकादेखि बुढापाकासम्म झुम्मिएका थिए । भविष्यमा चित्रकार बन्ने उद्देश्य राख्नुभएका आरभ भने, “चित्र कोर्न पाउँदा खुसी मिल्छ ।”

छोराको कलाप्रतिको रुची बुझेरै परिवारमा हौसला प्रदान गर्न एकल चित्रकला प्रर्दशनी राखिएको उहाँकी आमा गीताञ्जलीले बताउनुभयो । “बालबालिकाको रुचीमा अभिभावक सहयोगी हुनुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो थोरै हौसलाले धेरै प्रगति गर्न सक्छन् ।”

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ४ : १२ बजे