मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘लण्डन टु पेरिस’को ‘खुला आकाश’



काठमाडौं । २०८१ जेठ २५ गते रिलिज हुने फिल्म ‘लण्डन टु पेरिस’ को पहिलो गीत ‘खुला आकाश’ सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच फिल्मका प्रमुख कलाकार निश्चल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड गीत सार्वजनिक गरिएको हो ।

गीतमा हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर छ । लण्डनमा छायांकन गरिएको गीतमा निश्चल र सामग्रीलाई रोमान्टिकभावमा देखाइएको छ । खुला आकाशमा रोमान्टिक जोडीको प्रेमभावलाई निश्चल र सामग्रीमार्फत देखाइएको छ ।

निश्चल र साम्राज्ञीलाई लङ्गनेस फर्नान्डिजले कोरियोग्राफ गरेका छन् । फर्नान्डिज विश्वप्रसिद्ध ओस्कार अवार्डमा अवार्ड प्राप्त फिल्म ‘स्लमडग मिलेनियर’को गीत ‘जय हो’को कोरियोग्राफर हुन् ।

फिल्मका निर्देशक घनश्याम लामिछानेले फिल्ममा हलिउड शैलीको मेकिङ रहेको दाबी गरे । उनले लण्डनमा फिल्म सुटिङको अनुभव सुनाउँदै विशेषत त्यहाँका प्राविधिकहरुले नेपालको फिल्म मेकिङको लेभलको प्रशंसा गरेको बताए । ‘लण्डन टु पेरिस यात्राको क्रममा भेट भएका जोडीको सांगीतिक प्रेमकथा हो । यसको सशक्त पक्ष नै कथा हो’, उनले भने ।

अभिनेता निश्चल खड्काले आफूलाई ठूलो पर्दामा देख्न पाउँदा भावुक बनेको खुलाए । उनले अञ्जानको भीडबाट मलाई टिपेर फिल्ममा अनुबन्धित गरेकोमा निर्देशक लामिछाने प्रति आभार व्यक्त गरे । ‘अभिनेत्री साम्राज्ञीसँग काम गर्ने जोकोही नवकलाकारको चाहना हुन्छ । यो फिल्ममा मैले त्यो चाहना पुरा गरेको छु’, उनले भने ।

अभिनेत्री सामाज्ञीले झण्डै दुई वर्षको मेहनतपछि फिल्म दर्शकमाझ आउन लागेको बताइन् । फिल्ममा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ र मनिष गान्धीको पनि अभिनय छ । यो फिल्मबाट निश्चल र गरिमाले नेपाली रजतपटमा ‘डेब्यू’ गर्दैछन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् ।

सनिश खकुरेल सह–निर्माता रहेको फिल्ममा अंकित गौतम कार्यकारी निर्माता छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछ ।
फिल््ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लङ्गनेस फर्नान्डेजको कोरियोग्राफी छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ४ : ३२ बजे