मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेतन कार्की र निशा स्मृति पुरस्कार घोषणा



काठमाडौं । दिवंगत लेखक, गीतकार तथा निर्देशक चेतन कार्कीको स्मृतिमा स्थापित ‘चेतन कार्की स्मृति पुरस्कार’ र अभिनेत्री तथा मोडल निशा घिमिरेको स्मृतिमा स्थापित ‘निशा स्मृति पुरस्कार २०८१’ को घोषणा गरिएको छ ।

परिवर्तन नेपालको कार्य सम्पादन समितिको बैठकले अभिनेता, निर्माता र निर्देशक आकाश अधिकारीलाई ‘चेतन कार्की स्मृति पुरस्कार २०८०’ प्रदान गर्ने निर्णय गरेको छ ।

चलचित्रकर्मी मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी शान्तिप्रिय सम्मिलित छनोट समितिले दुई दशकभन्दा बढी समयदेखि नेपाली फिल्मको संरक्षण, प्रवद्र्धन, श्रीवृद्धि र पेशाकर्मीको उत्थानका लागि संस्थागत एवं व्यक्तिगत तवरले योगदान पु¥याएको भन्दै अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी १५ हजार रुपैंयाँ रहेको छ । गत वर्ष यो पुरस्कार अभिनेता तथा निर्देशक देशभक्त खनाललाई प्रदान गरिएको थियो ।

त्यस्तै निशा संरक्षण कोषका अध्यक्ष समाजसेवी दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको कोषको बैठकले विगत १५ वर्षदेखि नेपाली फिल्म, मोडलिङ र म्यूजिक भिडियोमा अभिनय गर्दै आएकी मोडल तथा अभिनेत्री अनु शाहलाई २० हजार रुपैंयाँ राशीको ‘निशा स्मृति पुरस्कार’, विगत १५ वर्षभन्दा बढी समयदेखि अभिनय, मोडलिङ र गायनमा सक्रिय बबिता ढकाललाई २० हजार रुपैंयाँ राशीको ‘निशा स्मृति
प्रतिभा पुरस्कार’ र विगत २ दशक बढी समयदेखि चलचित्र पत्रकारितामा सक्रिय सञ्चारकर्मी गीता अधिकारीलाई १० हजार राशीको ‘निशा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार छनोट समितिमा समाजसेवी दाहालसहित चलचित्रकर्मी मोहन निरौला, अभिनेत्री पवित्रा आचार्य छन् ।
पुरस्कार २०८१ वैशाख १३ गते प्रदान गरिनेछ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ३ : २४ बजे