मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलवायु परिवर्तनको असरबारे सचेत गराउन कला प्रदर्शनी



काठमाडौं । जलवायु परिवर्तन र कार्बन उत्सर्जनको वृद्धिका कारण हिमालय क्षेत्रमा परिरहेको असरका बारेमा विश्व समूदायलाई सचेत गराउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘हिमालयको रहस्य र सिर्जनावृत्ति–२०८१’ कला प्रदर्शनी गरेको छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस कला प्रदशनीमार्फत प्रकृतीको विम्ब प्रस्तुत गरिएको बताए ।

कला प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हार्तम्छालीले यस प्रदर्शनले हिमाल, जैविक विविधता तथा हिमाल र सिमसार क्षेत्रबीचको प्रभाव एवम यसले मानव जिवनमा पार्ने प्रभावको चित्रण गरिएको उल्लेख गरे ।

उनले भने, ‘यो प्रदर्शनीमा हिमालले पार्ने प्रभाव र हिमालले इको सिस्टममा पारेको प्रभावका बारेमा प्रदर्शनी भइरहेको छ । हिमालले पर्यावरणमा जैविक विविधतासँग र सिमसारसँग जोडिने साथै मानव जीवनलाई जोड्ने प्रयास गरेको छ । त्यसैले मैले यो कला प्रदर्शनीलाई तीनवटा रुपमा लिएको छु ।’

‘हिमालको नेपाल र नेपालको हिमाल’ पर्यावाची जस्तै भएको उल्लेख गर्दै बताउँदै उनले हिमालको अस्तित्व नेपालको पर्यावरणसँग पनि जोडिएको बताए ।

ओजन तहमा असर पर्दा हिमाली क्षेत्र दूषित भएकाले सो सम्बन्धमा कलामार्फत सचेत गराउन कला प्रदर्शनी आयोजना गरिएको उनको भनाइ छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले केहीअघिको नेपाल भ्रमणका क्रममा हिमाल हेरेर चिन्ता प्रकट गरेका थिए । साथै दुबईमा सम्पन्न कोप–२८ मा नेपालको मुख्य प्राथमिकताको विषय नै हिमाल जोगाउनुपर्नेमा थियो ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ३ : १८ बजे