मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजेश हमाल बने गोरेटोको ब्रान्ड एम्बेसडर



काठमाडौं । अभिनेता राजेश हमाल पछिल्ला दिनमा देश विदेशमा हुने विभिन्न कार्यक्रम तथा म्यूजिक भिडियो र विज्ञापनहरुमा व्यस्त छन् ।

नयाँ वर्ष २०८४ मा नयाँ फिल्ममा आउने बताएका हमालले बुधबार बबरमहलमा घोडामा चढेर एउटा ट्राफिक सचेतनामूलक टीभी विज्ञापनमा अभिनय गरे ।

अभिनेता हमाल क्यानाडा अध्ययनका लागि गोरेटो कन्सल्ट्यान्सीको ब्राण्ड एम्बेसडर बनेसँगै उनले एक वर्षसम्म गोरेटो कन्सल्ट्यान्सीका विभिन्न पोजेक्टमा काम गर्ने कुरा प्रबन्धक निर्देशक धिरज कंडेलले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत यो बिज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभावकारी हुनेमा राजेश स्वयम विश्वस्त देखिएका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत विज्ञापन ट्राफिक सचेतनाका निम्ती निक्कै नै प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको कंडेलले राजेश हमाललाई अहिलेसम्मकै उत्कृष्ट अवतारमा उतारेको पनि जनाएका छन् ।

अभिनेता हमाल स्वयम पनि उच्च शिक्षाका लागि विदेशमा पढेका एक वौद्धिक व्यक्तित्व भएका कारण उनको यो विज्ञापन प्रभावकारी बन्ने अर्का एड्भाइजर राम खड्काले बताए । खड्काले क्यानाडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताका रुपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेलाबेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरु गर्ने बताए ।

त्यस्तै गोरेटोका चर्चित परामर्शदाता प्रकाश रेग्मी पनि निक्कै नै उत्साहित देखिएका छन् । क्यानाडाले हालसालै अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित केहि नीतिमा परिमार्जन गरेको र उक्त नीति विद्यार्थीहरुको क्यानाडा बसाइ राम्रो बनोस् भन्नका लागि नै बनाएको बताएका छन् ।

आफू डेनमार्कमा अध्ययन गरेका रेग्मी अन्तर्राष्ट्रिय अनुभव लिन र बदलिँदो विश्व परिवेशमा क्यानाडा जस्तो उत्कृष्ट गन्तव्यमा पढ्न र सकभर नेपाल फर्किएर देशको लागि केहि गर्नका लागि युवाहरुलाई अनुरोध गरेका छन् । महानायक हमालले एक वर्षसम्म गोरेटोसँग जोडिएर काम गर्नेछन् ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १२ : ५९ बजे