मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘ह्रस्व दीर्घ’मा हरिहरको पण्डित लुक्स



काठमाडौं । अभिनेता तथा निर्माता हरिहर अधिकारी पेशाले ज्योतिष हुन् । उनी विशेषत युवापुस्तामाझ ज्योतिषका रुपमा लोकप्रिय छन् । यिनै हरिहरले निर्माण र अभिनय गरेको फिल्म ‘ह्रस्व दीर्घ’ यसै वर्षको असोज ११ गते रिलिज हुँदैछ ।

अभिनेता हरिहरले बुधबार परेको आफ्नो जन्मदिनको अवसर पारेर आफ्नो फिल्मी फस्टलुक सार्वजनिक गरेका छन् ।

फस्टलुकमा हरिहरलाई दुई वटा अवतारमा प्रस्तुत गरिएको छ । एउटामा उनलाई लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न सकिन्छ । अर्कोमा निधारमा विभूत लगाएको धार्मिक ‘गेटअप’मा छन् ।

यसअघि निर्माणपक्षले कलाकार ब्रमानन्दमको तस्विर मात्र समावेश गरिएको पोस्टर रिलिज गरेको थियो । प्रेमकथा रहेको यो फिल्मको तेस्रो चरणको छायांकन बाँकी छ । बाँकी छायांकन मुम्बईमा हुनेछ ।
द्वन्द्व निर्देशनमा स्थापित निर्देशक चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा हरिरहर अधिकारीको कथा र कविरलालको छायांकन छ ।

अभिनेत्री नीता ढुंगानाकोसमेत निर्माण र अभिनय रहेको फिल्ममा विपना थापा, गरिमा शर्मासहित बलिउडका नाम चलेका केही कलाकारको अभिनय छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १२ : ३६ बजे