मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘मिष्टर एण्ड मिस नेशनल’ भिड्दै डा. आयुष्नोभा



काठमाडौंँ । पछिल्लो समय सौन्दर्य प्रतियोगीता प्रति बिभिन्न क्षेत्रका ब्यक्तिको आकर्षण बढ्दो छ । यस्ता प्रतियोगीता मार्फत देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी हुन र देश चिनाउन अवसर जो प्राप्त हुनेगर्छ ।

यस्तै अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउने उदेश्यले सौन्दर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस नेशनल’मा सहभागी भएकी छन् डाक्टर आयुष्नोभा ढुंगाना । ढुंगाना मोडल तथा डाक्टर हुन् । कलाकारिता र डाक्टर पेशाा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जनेशरल साइकीह्याटीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिसत क्रेडिट पाएकी थिइन् । अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् ।

कलाकारिता तर्फ उनले मोडलिङ, कान्छो अंग्रेजी अनुवादक ( थ्यगलनभकत क्गद–तष्ततभि त्चबलकबितयच)
लगायतबाट समेत बिभिन्न अवार्डहरु प्राप्त गरेकी छन् ।

‘मिष्टर एण्ड मिस नेशनल’तर्फ उनी मिस नेशनलको प्रतियोगी हुन् । पोल्याण्डमा आयोजना हुने ‘मिस सुप्रा नेसनल’मा देशको प्रतिनिधित्व गर्ने उदेश्यले उनी यो प्रतियोगीतामा सहभागी भएकी हुन् ।

प्रतियोगीताको अन्तिम २४ भित्र छानिन सफल उनी सबैभन्दा प्रभावशाली प्रतियोगी हुन् । त्यसैले उनलाई उपाधिको दावेदार समेत मानिएको छ । उपाधि जित्ने उदेश्यले उनी दिनरात मिहिनेत गरिरहेकी छन् ।

मोडलिङ र डाक्टर पेसा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना अभिनित एक राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ केही अगाडि सार्वजनिक भएको थियो । गीतमा २ दर्जनबढी राष्ट्रिय कलाकारसँग उनले अभिनय गरेकी थिइन् । उनी डाक्टर पेशाा समाजसेवाका लागि रोजेकी हुन् ।

‘मिष्टर एण्ड मिस नेशनल’ प्रतियोगीताको फाइनल यहि मेको एक (ःबथ ज्ञकत) तारिकमा हुँदैछ । जसमा प्रतियोगीतामा ताज जित्ने लक्ष्य सहित आफु प्रस्तुत हुने आयुष्नोभाले बताइन् ।
मिस नेशनलका डिरेक्टर डा. सन्तोष उपाध्याय हुन् । उनी मिष्टर नेशनलका अन्तर्राष्ट्रिय तेस्रो विजेता हुन् ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  २ : ०९ बजे