मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संजिता देउजाको ‘धड्काए मेरे दिल’ सार्बजनिक



काठमाडौं । कवियत्री तथा गजलकार संजिता देउजाको हिन्दी गीत ‘धडकाए मेरे दिल’ इन्डियाको प्रख्यात सांगीतिक कम्पनी जी म्युजिकबाट रिलिज भएको छ ।प्रवासमा रहेर नेपाली कला साहित्य एवम गीत संगीतको संरक्षण र उत्थानमा २ दशक देखी कार्यरत देउजाको हिन्दी गीत धडकाए मेरे दिलमा भारतिय गायक अभिजित भट्टचार्यले स्वर दिएका छन् ।

थुप्रै नेपाली सुगम गीत तथा गजलहरु द्वारा नेपाली दर्शकको मन जित्न सफल देउजाको यस गीतमा मुम्बईमा रहेर सांगीतिक यात्रालाई अघी बढाई रहेका शिखर सन्तोषले संगीत दिएका छन् ।

गितको भिडियोमामा हर्ष मनहर्ष र मेहक महाजन फिचर्ड छन् भने भिडियोमा सिनेमटोग्राफी,सम्पादन र रङ्ग संयोजन प्रसन्न कुँवरको रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : ०० बजे