मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरको महालक्ष्मी नगरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’को स्थापना



काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सानागाउँमा रहेको सरु संगीत घरले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’को स्थापना गरेको छ । शनिबार एक समारोहकाबिच उक्त पुरस्कारको घोषणा गरिएको हो ।

सरु संगीत घरका संस्थापक एवम प्रवन्ध निर्देशक डेनी निरौलाका अनुसार पुरस्कार गीत संगीत तथा नृत्यका क्षेत्रमा योगदान पुर्याउने एकजना विशिष्ट साधकलाई आगामी २०८२ देखि हरेक बर्ष प्रदान गरिनेछ ।

‘स्वर्गीय सरस्वती निरौलाको स्मृतिमा उहाँका श्रीमान संगीतकार कोमल निरौला, श्रीमती इन्दिरा निरौला, छोरा संगीतकार डेनी निरौला तथा श्रीमती सविता निरौला, संगीतकार भिषण निरौला तथा श्रीमती सविता अधिकारी, छोरी गायिका झुमा निरौला तथा श्रीमान सविन भट्टराईको संयुक्त प्रयासमा पुरस्कार स्थापना गरिएको हो,’ संगीत घरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पुरस्कारको राशी २५ हजार रुपैंयाँ निर्धारण गरिएको छ भने पुरस्कारका लागि तीन लाख रुपैंयाँको अक्षयकोष स्थापना गरिएको प्रवन्ध निर्देशक निरौलाले जानकारी दिए ।

पुरस्कृत व्यक्तित्व छनोटका लागि एक स्वतन्त्र व्यक्तिहरुको समिति गठन गरिने र उक्त संगीत घरको बार्षिकोत्सवका अवसरमा साउन महिनामा वितरण गरिने पनि निरौलाले बताए ।

पुरस्कारका लागि चालिस बर्ष उमेर पुगेको र देश विदेशमा बसेर संगीत र नृत्यका क्षेत्रमा योगदान पुर्याएको प्रतिभा हुनुपर्नेछ ।

२०७७ सालमा स्थापना भएको संगीत घरको शनिबार आयोजित समारोहमा गायक शिलाबहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, पूर्वन्यायाधीश जीवनहरी अधिकारी, साहित्यकार रत्न मणी नेपाल, गीतकार राम भट्टराई, ललितपुर जिल्ला प्याव्सन बरिष्ठ उपाध्यक्ष तारा खनाल, महालक्ष्मी वडा नम्बर ५ का वडाध्यक्ष कपिल केसी, नेपाली कांग्रेस महालक्ष्मी ५ इकाइ सभापति सुर्य बस्नेतलगायतले शुभकामना व्यक्त गरेका थिए ।

समारोहमा संगीत घरका विद्यार्थीहरुबाट ३३ वटा गीत र चारवटा नृत्य प्रश्तुत गरेका थिए । कार्यक्रमका गायिका कुन्ती मोक्तानले आमाको नाममा स्थापना गरिएको संगीत घरको प्रशंसा गरिन ।

महालक्ष्मी ५ नम्बर वडाका वडाध्यक्ष केसीले आफ्नै वडामा संगीत विद्यालय खोलेर संगीतका विभिन्न कृयाकलाप गरेकोमा खुसी ब्यस्त गर्दै आफन तर्फबाट हर हमेशा सहयोग गर्ने बचन दिए ।

प्रवन्ध निर्देशक निरौलाले समय सापेक्ष संगीत सिकाउंदै जाने र स्थानीय संगीतलाई पनि नयां पुस्तामा पुर्याउंदै जाने प्रतिबद्धता व्यक्त गरे । संगीत घरमा हाल ७२ विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ११ : २९ बजे