काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन मूल्य तोलामा २३०० रुपैयाँ बढेको छ । सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि मूल्य निर्धारण गर्दै छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको जानकारी गराएको छ ।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको थियो । त्यसतंै चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १९३० रुपैयाँमा कारोबार भएको चाँदीआज घटेर १९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।











