काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६ औं बार्षिकोत्सवको अवसरमा मंगलबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
कम्पनीको केन्द्रिय कार्यालय हात्तिसारबाट शुरु भएको प्रभातफेरी कार्यक्रम कमलादी, भद्रकाली, सुन्धारा, रत्नपार्क, दरवारमार्ग हुदै केन्द्रिय कार्यालयमा आएर टुङ्गिएको थियो ।
प्रभातफेरी कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले मन्तब्य राख्दै मर्जर पश्चात कम्पनी प्रभावकारी रुपमा अगाडि बढिरहेकोले सबैमा उत्साहको अवस्था रहेको र आगामी दिनमा थप उत्साहपूर्ण वातावरण तयार गरि कार्य गरिने जानकारी गाराए ।
कार्यक्रममा कम्पनीको केन्द्रिय कार्यालय, शाखा तथा उपशाखा कार्यालयका कर्मचारीहरु, अभिकर्ताहरुको सहभागिता रहेको थियो ।














