प्रभु बैंकका ग्राहकहरुले हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा छुट पाउने



कुश्मा । लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरमा अवस्थित गेट वे हिमालय रिसोर्ट तथा हार्नेस जिपलाइन प्रा.लि र प्रभु बैंकबीच बिशेष छुटको सम्झौता भएको छ । सम्झौता अनुसारप्रभु बैंक कर्मचारी तथा ग्राहकहरुल गेट वे हिमालय रिसोर्ट र हार्नेस जिपलाइनका सेवाहरुमा छुट पाउनेछन् ।

सम्झौतामा हार्नेस जिपलाइन प्रा.लि तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा, गेट वे हिमालय रिसोर्ट प्रा.लिका तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्घारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइन प्रा.लि मा उपलब्ध बिभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगाएतका सेवा हरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । हार्नेस जिपलाइन प्रा.लि, पछिल्लो तिन बर्षदेखी संचालनमा आएको र छोटो समयमा नै धेरै साहसीक मनहरु लाई आकर्षित गर्न सफल भएको देखिन्छ । तथा गेट वे हिमालय रिसोर्ट प्रा.लि मा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवा हरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन ।

गेट वे हिमालय रिसोर्ट प्रा.लि, पछिल्लो एक दशकदेखी संचालनमा आएको बेशिसहर जिल्लाकै सुबिधा सम्पन्न रिसोर्टको रुपमा परिचित छ ा

हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार  ८ : ०६ बजे