काठमाडौं ।आज सुनचाँदीको मूल्य घटेको छ ।आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँ घटेर कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।











