प्रभु बैंकका ग्राहकहरुलाइ हेयर एण्ड शान्तिको सेवामा विशेष छुट



काठमाडौं । काठमाडौंको कमलादिस्थित हेयर एण्ड शान्तिले दिने सौन्दर्य सेवामा प्रभु बैंकका ग्राहक तथा कर्मचारीले विशेष छूट पाउने भएका छन् ।

उक्त छूट सम्बन्धि समझदारीपत्रमा हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक राज कुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार हेयर एण्ड शान्तिमा थ्रेडिङ्ग बाहेकका सेवामामा प्रभु बैंकका सम्पूर्ण ग्राहकहरुले १० प्रतिशत र कर्मचारीहरुले ३० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले छूट सुविधा प्राप्त गर्नका लागि प्रभु बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड तथा विद्युतीय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।

हेयर एण्ड शान्तिले दुई दशकदेखि निरन्तर काठमाण्डौ भित्र ८ र पोखरा १, बिरगंज १, हेटौडा २ र नारायणघाटमा १ आउटलेटबाट सौेन्दर्य सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

त्यसैगरी ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

प्रभु बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित समेत भएको छ ।

प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार  ५ : ५७ बजे