काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य स्थिर छ ।सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
छापावाल सुन बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











