काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरूले धुलिखेलको आगन्तुक रिसोर्टकाविभिन्न सेवामा छुट पाउने भएका छन् । छुट सम्बन्घिको उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहक वर्गले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
चण्डेश्वरी, धनेश्वर, देवीस्थान, गौखुरेश्वर, नमोबुद्ध, बेथानचोक नारायण, गोसाइकुन्ड जस्ता प्रसिद्ध धार्मिकस्थल रहेको यस ठाउँबाट गणेश, जुगल जस्ता अन्य विभिन्न हिमश्रृंखलाहरूको मनमोहक दृश्य अवलोकन समेत गर्न सकिन्छ ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
ुअत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको बैंकलाइ लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैँक अफ दि ईयर–२०२३ बाट सम्मानितगरेको थियो भने छोटो समयको अन्तरालमानै बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।











